किन फर्कियो स्वास्थ्य समाग्री लिएर प्रदेश गएको सेनाको स्काई ट्रक ?

सोमबार, १७ चैत्र २०७६

काठमाडौं – स्वास्थ्य सामाग्री बोकेर काठमाडौंबाट उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई काठमाडौं फर्किएको छ ।

मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले पुष्टि गरे ।

उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक खाल्को ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।