पाटन अस्पतालमा पनि कोरोना आशंका गरिएका एक जनाको मृत्यु
काठमाडौं – लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा उपचारतरत एक जनाको ज्यान गएको छ । कोरोना आशंका गरिएका एक जनाको मृत्यु भएको छ ।
धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।
यसैबीच पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए । उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको उनको भनाइ छ ।
ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।