स्वास्थ्य मन्त्रीमाथि भ्रष्टाचारको आरोप लागेपछि काँग्रेस नेताको फोन, के–के भयो कुराकानी ?
काठमाडौँ – नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको आजभोली निकै आलोचना हहुने गरेको छ । कोरोनाभाइरसको औषधि लगायत उपकरणमा भ्रष्टाचार गरेको भन्दै चौतर्फि आलोचना भएको हो ।
मन्त्रीको आलोचना भइरहेकै वेलामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदिय दलका प्रमुख सचेतकले फोन गरेर सचेत गराएको छन । उनले मन्त्री ढकाललाई फोन गरेर कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्याउन आग्रह गरेको छ ।
सोमबार खाँडले मन्त्री ढकाललाई टेलिफोन गरेर देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न सुझाव दिएका हुन् ।
खाँणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्नसमेत स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन । त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउने सुझाव पनि खाँणले दिए ।
जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु सोमबार बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताएका थिए ।
मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रयास भइरहेको बताएको खाँणले जानकारी दिए । मन्त्री ढकालले कोरोना रोकथामका लागि काँग्रेसलाई सहयोग गर्न आग्रह समेत गरेका खाँणले बताए ।