इतिहासमा आज : मेक्सिकोमा विमान दुर्घटना, १ सय ६७ जनाको मृत्यु

मंगलबार, १८ चैत्र २०७६

एजेन्सी – आज ३१ मार्च । १९८६ मा आजकै दिन मेक्सिकोमा ठुलो विमान दुर्घटना हुँदा विमान सवार सबै जनाको मृत्यु भएको थियो । ९४० दुर्घटना हुँदा बीमानमा सवार सबै १ सय ६७ यात्रुको मृत्यु भएको थियो ।

मेक्सिको एयरलाइन्सको उडान ४०४० एल कार्बानमा दुर्घटनाग्रस्त भयो । मेक्सिको सिटीको उत्तरपश्चिममा रियर्ड सियरा मद्रे प्रासंगिक पहाडी श्रृंखलाको पहाडमा ठाक्किएर उक्त विमान दुर्घटना भएको थियो । त्यहाँ सवार सबैजनाको घटनास्थालमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मेक्सिकोका नागरिक धेरै थिए । मृत्यु हुनेमा ८ बच्चासहित १४७ मेक्सिको, ८ फ्रन्स, ६ अमेरिका, ४ स्वीडेन र दुई जना क्यानडाका नागरिक विमानमा सवार थिए ।

त्यस्तै, सन् १८८९ मा आजैका दिन आईफिल टावरको उद्घाटन गरिएको थियो । टावरका डिजाईनरगुस्ताभ आईफिलकै नामबाट यसको नामाकरण गरियो र अनावरण कार्यक्रमको अध्यक्षता पनि उनैले गरे । यस कार्यक्रममा तत्कालीन फ्रेन्च प्रधानमन्त्री पिर्रे टिरार्ड, अन्य विशिष्ट अतिथी तथा निर्माणमा खटिएका झन्डै २ सय मजदुर उपस्थित थिए ।