डोनल्ड ट्रम्पको नयाँ घोषणा, अमेरिका भर त्रास
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा डरलाग्दो तथ्यङ्क प्रस्तुत गरेका छन । अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै भन्दै उनले जनतामा त्रास उत्पन्न गराएको छ ।
ह्वाइटहाउसमा भएको एक पत्रकार सम्मेतनमा बोल्दै ट्रमले जून १ देखि अमेरिका ठिक हुने पनि बताएका छन । पत्रकार सम्मेलनमा महत्पूर्ण निर्णय गरेको जानकारी दिदै उनले सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहने बताए ।
ट्रम्पले कोरोनाभाइरसको औषधि पत्ता नलागेपनि अरु देशहरुले जसैगरी आफ्नो देशले पनि उपचार गर्ने निर्णय भएको सुनाए । उनकाअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी भएकाले त्यसको प्रयोग गरिने छ ।
उनले न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिएको बताए । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि?’
‘ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पु–याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।’ उनले भने