कोरोना भाइरसको संक्रमणबाट चर्चित डाक्टरको मृत्यु

मंगलबार, १८ चैत्र २०७६

एजेन्सी – अमेरिकामा कोरोनाभाइरस (कोभिड –१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दैछ । पछिल्लो समेत अमेरिकाकै चर्चित डाक्टरको मृत्यु भएको छ ।

सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको सीएनएनले जनाएको छ। ‘डाक्टर गूडरिच हाम्रो अस्पतालका नक्षत्र थिए, हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ,’ मोन्टेफियोरे मेडिसिनका सीईओ डाक्टर फिलिप ओ ओजुआले भने।

सन् २०१६ को अक्टोबर १४ मा डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए। जेडन र एनियस को शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार जेडनले पिक्चर बुकहरु पढ्न थालेका छन्। उनले ‘माई’, ‘हि’, ‘शि’ लगायतका शब्द उच्चारण गर्न सक्ने भएका छन्। साथै उनी वाकरको सहायतमा हिँड्ने पनि गर्छन्। उनको तुलनमा एनियसमा भने पछिल्लो समय केही समस्या देखिएको छ। उनलाई विशेष प्रकारको ह्विलचेयरको व्यवस्था गरिएको छ। उनको चाल र बोलीमा भने केही समस्या देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।