मास्क लगाउँदा उल्टै खतरा, विश्व स्वास्थ्य सगठन गर्यो यस्तो सिफारीस

मंगलबार, १८ चैत्र २०७६

एजेन्सी – विश्व स्वास्थ्य संगठनले माक्स लगाउन आबश्यक नभएको बताएको छ । रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका ब्यक्तिले मास्क लगाइरहनु आबश्यक नरहेको बताएको छ ।

सोमबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले उक्त निरोगी व्यक्तिलाई माक्स नलगाउन सिफारिस गरेका हुन् ।

‘जनसंख्याको ठूलो हिस्साले मास्क लगाउँदैमा कुनै खास फाइदा हुन्छ भनेर भन्नका लागि कुनै ठोस प्रमाणहरु छैन । बरु त्यसको उल्टो मास्कलाई राम्ररी नलगाउँदा उल्टो असर भएका केही तथ्यहरु चाहिँ छन्,’ विश्व स्वास्थ्य संगठनका आपतकालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले भनेका छन् ।

‘अहिले संसारभरि नै ठूलो मात्रामा मास्कहरुको अभाव पनि भइरहेका छन्,’ मास्क र अन्य स्वास्थ्यसामग्रीहरुबारे बोल्दै रायनले भनेका छन्, ‘अहिले कोरोनाभाइरसबाट सबैभन्दा ठूलो खतरामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीरु नै छन् र उनीहरु प्रत्येक दिन, सेकेण्ड सेकेण्डमा भाइरसको संक्रमणमा पर्ने खतरामा छन् । उनीहरुले मास्क नपाएको सोच्दै पनि डरलाग्दो छ ।’

विश्व स्वास्थ्य संगठनसँगै सम्बद्ध संक्रामक रोग विशेषज्ञ डा. मारिया भान केरखोभले पनि सोही सम्मेलनमा बोल्दै ‘हामीले सबैभन्दा बढी कसलाई मास्कको आवश्यकता छ भन्ने कुरा छुट्याउनै पर्छ’ भन्दै त्यसको महत्त्वबोधमाथि प्रकाश पार्दै सबैभन्दा बढी त्यसको अवश्यकता अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मीहरुलाई नै त्यसको जरुरत पर्ने कुरा औँल्याएका छन् ।