बाग्लुङ्गकी कारोना संक्रमित महिलालाई पोखराबाट बाग्लुङ्ग पुर्याउने ड्राइभर सम्पर्कमा, कस्तो छ उनको स्वास्थ्य अवस्था ?
पोखरा – बाग्लुङ्गकी कोरोना संक्रमित महिलालाई पोखाराबाट बाग्लुङ्ग पुर्याउने स्कार्पियो गाडिका ड्राइभर सम्पर्कमा आएका छन । माछपुच्छ्रे गाउँपालिकामा अस्थायी बसोबास गर्ने उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
बाग्लुङ्गका लागि पोखराबाट ७ जना यात्रुलाई लिएर स्कार्पियो बाग्लुङ्गतर्फगएको ड्राइभरले बताएका छन । ७ यात्रु मध्ये १त्त थिईन बेल्जियमबाट नेपाल आएकी एक युवती थिइन् जसमा अहिले कोरोना पोजिटिभ भएको पुष्टि भएको छ ।
बाग्लुङ्गकी ती युवतीलाई कोरोनाको संक्रमण देखिएसंगै कसैले उनी आएको जहाजको खोजी गरे त कसैले उनको । ग १ च ६३५३ नं को स्कार्पियो गाडीले संक्रमित ती युवतीलाई बाग्लुङ्ग पुर्याएका थिए ।
करिब ११ः३० बजे बिहानको समयमा उनका गाडीमा संक्रमित भनिएकी युवती र १ जना काका पर्ने आएर बाग्लुङ्गको यात्रा तय गरे । गाडीमा ७ जना पुगेपछि हामी क्युबाट छुटेर बाग्लुङ्गका लागि अगाडि बढ्यौ । बिचमा उनी, उनको एकातर्फ उनकी आफ्न्त र अर्कातर्फ अन्य यात्रु रहेको चालकले बताए ।
उनले उक्त स्थानबाट हिडेको गाडी बाटोमा खाजा खानका लागि पातिचौरमा रोकिएको तर ती युवती र उनीसँग आएका मध्ये १ जना गाडीबाट नझरेको बताए । ती युवतीका अर्का एक जना आफन्त झरेर लेज किनेर गाडीमा दिएको र उनीहरुले खाएको पनि चालकले बताए ।
सो स्थानबाट हिडेको गाडी डिम्बुवामा उनका आफन्तकोमा केही पार्सल दिन रोकेको र पार्सल दिएर गाडी फेरि अगाडि बढेको चालक बताउँछन् । नयाँपुलको जाममा केही समय गाडी रोकिएको भएता पनि कोही चढ्ने झर्ने गरेनन । त्यसपछि गाडी सीधै बाग्लुङ्ग पुग्यो र उनीहरुलाई घरसम्म पुर्याएको र उनकी आमालाई जिल्ला अदालतमा छोडेर गाडी आफ्नो बाटो लाग्यो ।
चैत्र ४ गते उनीहरुलाई बाग्लुङ्ग पुर्याएका चालक त्यतिखेर छाँगाबाट खसे जस्तै भए जब उनको गाडीमा आएकी युवतीलाई चैत १५ गते कोरोनाको संक्रमण छ भनेर हल्ला चल्यो । चालकलाई उनका साथीहरुले यसबारे खबर गरेको र तुरुन्त जचाँउन अस्पताल जान उनका साथीहरुले सुझाए पछि चैत १६ गते उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे ।
उनलाई त्यहाँ फिवर चेक गरियो र फिवर ठीक देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरियो र केही समस्या भएपछि आउनु भनेर फर्काइयो । उनको स्वास्थ्यमा हाल केही समस्या नभएको चालकको भनाइ छ । गाउँपालिकाका स्वास्थ्य संयोजक गाविन्द आचार्यले दिएको मास्क र थर्ममिटर छ । उनले हरेक दिन दुइ पटक ज्वरो आफै नाप्ने गरेको बताएका छन ।
यता माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्य लम्सालका अनुसार चालकको स्थायी घर हेम्जा भएता पनि उनी हाल माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा बस्दै आएका छन । वडाध्यक्षका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्ने ब्यवस्था भएता पनि उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेको बताउँछन । कोरोना संक्रमितलार्ई लिएर आएको गाडीका चालक हालसम्म सुरक्षित रहेको र उनका परिवारका सदस्यहरुलाई पनि घरमा छुट्टै बस्न आग्रह गरेको वडाध्यक्षले बताएका छन ।
स्कार्पियोमा सवार बाँकी ४ जना यात्रुको खोजी भइरहेको तर सम्पर्कमा अझै कोही पनि आउन सकेका छैनन् ।