प्रदेश १ का ४६ कोरोनाका शंकास्पद विरामी मध्ये ३० जनाको आयो रिर्पोट, ७ जना आइसोलेसनमा
विराटनगर – प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड १९) को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको थियो ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना, झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, तेर्हथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ ।
नमुना संकलन गरिएका मध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् ।
जसमा सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आइसोलेसनमा भर्ना भएका हुन् । आइसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा। मेहताले बताए ।
प्रदेश १ मा हालसम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।