कस्तो छ आजको मौसम ? पूर्वानुमान महाशाखाबाट आयो यस्तो सूचना
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । आजको मौसम पूर्वानुमान गर्दै महाशाखाले हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।