छोरीलाई बलात्कार गर्ने बुवाले गरे आत्माहत्या
बुटवल – बलात्कार आरोपमा पक्राउ परेका एक ब्यक्तिले हिरासतमा आत्माहत्या गरेका छन । कपिलवस्तु घरभएका उनले प्रहरी हिरासतको सौचालयमा आत्माहत्या गरेका हुन ।
छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शौचालयको भेन्टिलेटरमा गएराती तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए । घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलिहवावाट प्रहरी नायव उपरीक्षक सुनील मल्लको नेतृत्वमा टोली ईलाका प्रहरी कार्यालय पिपरामा पुगेको ।