सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको ‘सरस्वती विद्याकी खानी’ बोलको बाल प्रस्तुती युट्युब मार्फत सार्वजनिक भएको हो ।

खुल्ला सञ्चारको युट्यु च्यानलमार्फत चलचित्र अटिजमकी मुख्य कलाकार करुणा पोख्रेलको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको हो । गीतमा अटिजम लागेका बालक सम्मान आचार्यका साथै बिक्रम श्रेष्ठ सागर, करुणा पोख्रेल, पत्रकार पुण्यराज पुडाशैनी लगायतलाई देख्न सकिन्छ । कमला श्रीको शब्द रहेको गीतमा संगीतकार केशव रेग्मी (सान्दाइ) को संगीत गरेका छन् ।

रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको गीतमा सिम्रिका रेग्मी, स्मारिका रेग्मी, सिमरन श्रेष्ठ, खियामा किराती, गायत्री चौधरी, ईशा आचार्य, उपासना पण्डित, सुहानी तामाङ लगायतको सामुहिक गायन रहेको छ । कमलनेत्र छुनामुना माविको वार्षिकोत्सवमा छायांकन गरिएको गीतको दृश्यमा पुजा चोखाल, एञ्जिला गुरुङ, यसोदा माझी, त्रिशिका श्रेष्ठ, क्रिशा राई, आशिका धामी, दिपिसा कार्की, दिग्यसा कार्की लगायतले नृत्य गरेका छन् । केशव रेग्मी (सान्दाइ) सम्पादक रहेको चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।

अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चलचित्र अटिजममा प्रतिक शर्मा र सृष्टी आचार्यको अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा। राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए ।

अटिजम दिवसको दिन चलचित्र प्रदर्शन गर्ने भनियता पनि विश्वमा फैलिएको महामारी कोभिड(१९ का कारण चलचित्र प्रदर्शन स्थगित गर्नुपरेको चलचित्रका निर्देशक केशव रेग्मीले बताए ।

हेर्नुहोस् गीतको भिडियो

https://www.youtube.com/watch?v=G5r3rK5VBqI&fbclid=