धनगढीको सेती प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेसनमा भर्ना
धनगढी – सेती प्रादेशिक अस्पतालको आइसोलसनमा थप ४ जना भर्ना भएका छन । यसअघि अस्पतालको आइसोलेसनमा भर्ना भएका २३ जना उपचार पछि छ फर्किसकेका छन भने एक जना कोरोना संक्रमित उपचारार्थ छन । ।
२३ जनालाई कसैमा पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
हालसम्म २६ जनाको थ्र्रोट श्वाव जाँच गर्न पठाएकामा १९ जनाको रिपोर्ट नेगेटिभ तथा एकजनाको पोजेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए ।