नेपालमा अर्का एक जनामा कोरोना पुष्टि
काठमाडौं – नेपालमा अर्को एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै छैटौं जनामा कारोना भाइरस पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना पोजेटिभ भएका व्यक्ति ४ गते विदेशबाट नेपाल आएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताए ।
उनी दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका थिए । चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु १ सय ५८ जना यात्रु थिए । तीमध्ये अहिलेसम्म १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ ।
यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ।