सीमा नाकामा अलपत्र नेपालीहरुलाई झन पिडा, अदालतले पनि साथ दिएन

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – नेपाल भारत सिमानामा अलपत्र परेका नेपालीहरुको नेपाल प्रवेश गर्ने झिनो आशा पनि मरेको छ । सर्वोच्च अदालतले सिमानामा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ ।

अदालतले सीमा नाका सञ्चालन गरि आफ्ना नागरिकलाई नेपालमा भित्राउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । रिट निवेदक श्रेष्ठले नेपाल प्रवेश गर्न सयौं नेपाली नागरिक भारतीय भूमिमा पर्खेर बसेको भन्दै सीमा नाका निर्वाध सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।