केही खुकुलो हुँदै लकडाउन
काठमाडौं – सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई केही खुकुलो बनाएर लैजाने निर्णय गरेको सरकारका प्रबक्ता संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा बताए ।
समितिले उद्योगहरु खोलेर औधोगीक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई निर्वाध रुपमा काम गर्न दिने निर्णय गरेको छ । उद्योगमा काम गर्ने मजदुरहरुलाई जीवन यापन गर्न असहज भएको तथा अत्यावस्यक सामाग्रीको पनि अभाव हुने भएकाले उनीहरुलाई उच्च सतर्कता अपनाएर काममा लगाउने मन्त्री खतिवडाले बताए । मजदुरहरुलाई स्थानिय प्रशासनको सहयोगमा कार्यक्षत्रमा पनि उच्च सावधानी अपनाएर काममा लगाइने छ ।
त्यस्तै, किसानहरुका लागि पनि खेतबारीमा काम गर्नका लागि सहज रुपमा छोडिदिने भएको छ । बाहिरका कामदारलाई निम्ता नगर्ने र आफ्नै जनशक्तिले काम गर्न दिन निर्णय भएको छ ।