विचरा गाउँपालिका उपाध्यक्ष, जसलाई अण्टसण्ट बोल्न सिकाउनै पर्दैन (अडियोसहित)

शुक्रबार, २१ चैत्र २०७६

काठमाडौं – पछिल्लो समय सामाजिक संजालमा एउटा छाडा बोलेको टेलिफोन सम्बाद भाइरल भएको छ । सत्तारुढ नेकपाका तर्फबाट बझाङस्थित केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्ना जेठाजु पर्ने एक व्यक्तिलाई अपशब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल भएको हो ।

मानिस बदनाम बन्न विचार वा मिशन धेरै केही हुनुपर्दैन, केही मानिसले अण्टसण्ट बोले पुग्ने अवस्था छ । ती उपाध्यक्ष अलिे त्यही अण्टसण्टका कारण विवादमा छिन ।

केदारस्युँ ७ निवासी नेकपाका स्थानीय अगुवा तथा उपाध्यक्ष ठगुन्नाका जेठाजु पर्ने राजु जाग्रीले बुहारीको एउटा फेसबुक स्ट्याटसमा व्यङ्यात्मक शैलीमा नकारात्मक कमेण्ट गरेपछि उनीहरूबीच फोन सम्वाद भयो । त्यसमा उपाध्यक्ष ठगुन्नाले अश्लील शब्दसहित जेठाजु तथा पार्टी नेतालाई मुख छाडेकी छन् ।

जोगबुढा क्षेत्रसँग सम्बन्धित कुनै विकास परियोजनाबारे उपाध्यक्ष ठगुन्नाले लेखेको स्ट्याटसमा आर्थिक अनियमितता गरेको कुरालाई ‘घ्यू खाएको’ भनी जाग्रीले टिप्पणी गरेका थिए ।

सुन्नुस्, अडियो ।