पोखरामा कोरोना पोजेटिभ देखिएको हल्ला मात्रै : स्वास्थ्य मन्त्रालय
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा कोरोना पोजेटिभ देखियो भनेर अनाबश्यक हल्ला चलाएको बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मनलयका प्रबक्ता डा. विकास देवकोटाले पोखरामा कोरोना भाइरसको पोजेटिभे केस नदेखिएको बताए ।
पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको उनले स्पष्ट पारे ।
यसअघि भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको समाचार आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको थियो ।
चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।