नेपाल लाइफ इन्सुरेन्सद्वारा सरकारको ‘कोरोना भाइरस नियन्त्रण कोष’ लाई १ करोड सहयोग

शुक्रबार, २१ चैत्र २०७६

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पछिल्लो बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।