बैंकका ऋणीहरुलाई खुशीको खवर, ब्याजदर घट्दै

आइतबार, २३ चैत्र २०७६

काठमाडौं – बैंकका ऋणीहरुलाई खुशीको खवर छ । लकडाउनको समयमा ऋणीहरुलाई व्याज तिर्न समस्या भएको भन्दै बैंकहरुले ब्याजदर घटाउने तयारी गरेका छन ।

बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको एब बाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले बताए । सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलका अनुसार आफ्नो बैंकले ऋण घटाउन तयार रहेको बताए । पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।’

खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे । अर्का एक बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको बताए ।

सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ ।