रौतहटमा दोहोरो भीडन्त, कति भयो क्षति ?

सोमबार, २४ चैत्र २०७६

रौतहट – रौतहटस्थित बन सुरक्षाटोली र तस्कर समूहबिच दोहरो भिडन्त भएको छ । गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदाईक बनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो ।

भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर बन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताए । गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह भागेका छन् ।

तस्करले छोडेर भागेको एकथना भरुवा बन्दुक गस्तीटोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिएका छन् । अन्जुमन सामुदाईक बनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए ।

गोलीको आवाज सुनेर अबैध चोरी सिकारी गरिएको आशंकामा चोँचा सेक्टर बन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा रौतहटस्थित राष्ट्रिय तथा बिभिन्न सामुदायिक बनक्षेत्रमा चोरी तस्करी बढेको छ । लकडाउनको अवधिमा बन सुरक्षा गस्तीटोलीले करिव एकसय क्युवि फिट अबैध सालको काठ सहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको डिविजन जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।