लकडाउन एक हप्ता थप्ने निर्णय

सोमबार, २४ चैत्र २०७६

काठमाडौं – सरकारले लकडाउनको समय एक हप्तालाई लम्ब्याउने भएको छ । आज बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समितिको बैठकले एक हप्ता थप्नका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको समितिले १ हप्ता थप्न सिफारिस गरेको हो । आज वेलुका बस्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेपछि कार्यन्वयन हुनेछ ।

चैत्र ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । यसअघि चैत्र २५ गते राती १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो ।