सरकारलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २८ लाख सहयोग

सोमबार, २४ चैत्र २०७६

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सरकारलाई २८ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम तथा उपचारका लागि सबै प्रदेशका सरकारहरुलाई ४ लाखका दरले सहयोग गरेको छ ।

संस्थाले कोरोनाको प्रकोपलाई फैलननदिन, क्वारेन्टाइन व्यबस्थापन, औषधोपचार, विपन्नलाई खाधान्नको ब्यबस्थापन र समस्यामा परेकाहरुलाई सहयोग गर्न राहत कोषमा रकम जम्मा गरेको हो । संख्थाले हरेक प्रदेशले खोलेका खाताहरुमा रकम जम्मा गरिसकिएको जनाएको छ ।

यस विषम परिस्थितीमा आम जनमानसमा धैर्यधारण गरी घरभित्रै बस्न, सुरक्षित रहन अपिल गरेको छ । आफू बाचांै अरुलाइ पनि बचाऔं भन्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सबैलाई अनुरोध समेत गरेको छ ।