कक्षा ११ र १२ को परीक्षा स्थगित, अव कहिले हुन्छ ?

मंगलबार, २५ चैत्र २०७६

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण परीक्षा सरेको हो । देशभर लकडाउन रहेको अबस्थामा परिक्षा स्थगित गरेको बोर्डले जनाएको छ ।