रङ्गेहात पक्राउ परेका जगदम्बा स्टिल्सका मालिकको घर/अफिसमा छापा, के के भेटियो ?
काठमाडौं – शनिबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको घर र कार्यालयमा प्रहरीले छापा हानेको छ ।
कालोबजारी गरेर थर्मल गन ९थर्मोमिटर० विक्री गर्न लागेको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन चलाएर अग्रवाललाई पक्राउ गरेको थियो । लगत्तै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याएपछि उनको घर र कार्यालयमा प्रहरीले छापा हानेको हो ।
महाशाखाको विशेष टोलीले नक्सालस्थित शंकर ग्रुपको भवन र बालुवाटारमा रहेको अग्रवालको निवासमा छापा हानेको थियो । तर, दुवै स्थानमा प्रहरीले मेकिडल सामग्री फेला पार्न नसकेपछि रित्तो हात फर्किएको स्रोतले बतायो ।
शनिबार अग्रवालसहितको समूहले चीनको ग्वान्झाओबाट ७।५ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसैको खोजीमा प्रहरीले घर र कार्यालयमा छापा हानेको हो । तर, उनले ती सामग्री लुकाएको स्थान प्रहरीले हालसम्म भेट्टाउन सकेन ।
खरिद सामग्री मध्ये केही सामान भने अग्रवालले विभिन्न सप्लायर्सलाई विक्री गरिसकेको स्रोतले बतायो । उनीविरुद्ध कालोबजारी ऐनअनुसार म्याद थप गरी कानूनी प्रक्रिया अघि बढ्नेछ ।