कोभिड १९ अपडेट : विश्वभर ८२ हजारको मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?

बुधबार, २६ चैत्र २०७६

काठमाडौं – कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार ७८ पुगेको छ ।वल्र्ड मिटरकाअनुसार संक्रमितको संख्या १४ लाख ३१ हजार ६ सय ९१ पुगेको छ । त्यस्तै तीन लाख दुई हजार १ सय ५० जना निको भएर घर फर्किएका छन ।

मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय २७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ५४ पुगेको छ भने संक्रमितको संख्या ४ लाख लाख ४ सय १२ पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।

बितेको २४ घण्टामा फ्रान्समा छ सय सात जनाको मृत्यु भएको छ । बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ ।