छैठौं वर्षमा पनि अमेरिकाको पहिलो नेपाली कानुन व्यवसायी बने जिसी

बुधबार, २६ चैत्र २०७६

काठमाडौं – नेपालको गुल्मी जिल्ला सिर्सेनि गाउँपालिकामा जन्मिएर हाल अमेरिकाको न्यूजर्सीमा वकालत पेशालाई आफ्नो कर्मथलो बनएका खगेन्द्र जि.सी. लगातार छैटौं पटक सुपर लयरमा बन्न सफल भएका छन् ।

सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिङ्ग गर्ने संस्था सुपर लयर्सले सन् २०१४ देखी लगातार यस बर्ष पनि सुपर लयरमा पारेको हो ।  न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका अध्यक्ष रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आएका छन् । फोर्डधाम युनिभर्सीटीबाट जेडि गरेका जिसीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठुला मुद्धाहरु जित्दै समेत आएका छन् ।

त्यति मात्र नभएर जि।सी।ले हरेक सामाजिक क्रियाकलापमा विभिन्न संघसंगठनहरुलाई सहयोग गर्दै आएका छन् । लगातार छैटौ बर्षसम्म सुपर लयरमा बन्न सफल भएपश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफहरु र सेवाग्राही सबैलाई धन्यबाद दिएका छन् ।नेपालबाट अमेरिकामा छिरेर पनि नेपालीले यो तहको उपलब्धी हासिल गर्नु आफुहरु क्षेत्री एण्ड एशोसिएट्सको मात्र नभई सिंगो समुदायको उपलब्धी भएको यस अनलाइनलाई बताए ।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागिरहेका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक समेत हुन् । खगेन्द्र जीसी अमेरिकामा कानुनी पेशामा आवद्ध पहिलो नेपाली वकिल हुनुहुन्छ ।

स्मरणरहोस उनले काठमाडौंको ल क्याम्पसबाट उनले बीएल गरेका हुन्। त्यसपछि भारतमा ल विषयमा नै मास्टर्स गरेपछि उनले काठमाडौंको ल क्याम्पसमा पढाउन शुरु गरे । यसैवीच सन् १९८३ मा कोलम्बिया युनिभर्सिटीमा अध्ययनका लागि उनी अमेरिका हानिए ।

कोलम्बिया युनिभर्सिटीबाट कानुन विषयमा मास्टर्स गरेपछि उनले फोर्डम युनिभर्सिटीबाट जुरिस डाक्टर गरे । । सन् १९८६ मा नै न्युयोर्कको चर्चित लिगल डिफेन्स एण्ड एजुकेशन फण्डमा ल क्लर्कका रुपमा काम गर्दा उनले अमेरिकी विद्यालयमा हुने भेदभाव, रंगभेद, मतदानको अधिकार र मृत्युदण्डका विषयमा काम गर्ने अवशर पाए ।