कोरोना भाइरसबारे बनेको फिल्म रिलिज हुँदै

शुक्रबार, २८ चैत्र २०७६

काठमाडौं – तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ । अहिलेसम्म संसारका कुनै पनि देशलाई न त यो भाइरसबारे थाहा छ न अहिलेसम्म यसको कुनै खोप बनाउन सकिएको छ, त्यसैले पनि यस विषयमा फिल्म बन्नु आफैंमा रोचक कुरा हो ।

‘कोरोनाः फियर इज अ भाइरस’ नामको यो फिल्म यो महिनाको अन्तसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ । यो फिल्म एउटा लिफ्टमा फसेका सात व्यक्तिलाई केन्द्रमा राखेर बनाइएको छ ।

लिफ्टमा फसेका सात व्यक्तिमध्ये एकजनालाई खोकी लाग्छ र त्यसपछि सुरु हुन्छ– संघर्ष । निर्देशक मोस्तफा केशवानीले यो फिल्म गत डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरसबारे थाहा हुने बित्तिकै बनाउन सुरु गरेका थिए ।