आजभन्दा ७३ बर्ष अघि यस्तो थियो काठमाडौं, हेर्नुहोस् फोटो फिचर
काठमाडौं – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण धेरैलाई आजभोली फुर्सद छ । नेपाल लगायत विश्वका विभिन्न मुलुकहरु लकडाउनको अवस्थामा छन ।
नेपालमा पनि लकडाउन भएपछि धेरैका आँखा वितेका यादहरुलाई स्मरण गर्न पुराना एल्वम तीर दौडिएका छन । यसैविचमा नेपाल स्थित अमेरिकी दुतावासले पनि आफ्नो पुरानो एल्वममा भेटिएका काठमाडौंका तस्वीरहरु सार्वजनिक गरेको छ ।
सो अवसरमा अमेरिकी दुतावासले सन् १९५४ (२०११) मा युएसएआइडीले हेलिकप्टरमार्फत काठमाडौं उपत्यकाको भौगोलिक सर्वेक्षण गरेका तस्वीरहरु सार्वजनिक गरेर नेपालको इतिहासको झल्को दिएको छ । त्यसबेलाका पिसकोर नेपालका स्वयंसेवकहरूले खिचेका फोटाहरुलाई सामाजिक संजालमा सार्वजनिक गर्दै अमेरिकाले नेपालीहरुसँग खुशी साँटेको छ ।
फेसबुकमा फोटोहरु सार्वजनिक गर्दै दुतावासले भनेको छ, ‘यो अप्रील महिनामा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्ध स्थापना भएको ७३ बर्ष पुरा हुँदैछ। यस् अवसरमा हामी अप्रील महिनाभर जनस्तरको यो सम्बन्धका विविध कोशेढुङ्गाहरू यहाँहरूसँग बाँड्नेछौं।’
हेर्नुहोस् फोटोहरु
- बाग्मती
- भक्तपुर
- स्वयम्भु
- सिंहदरबार
- सुन्धारा




