आगलागी नियन्त्रणका लागि स्थानिय तहको पहल
सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका स्थित वडा नम्बर १६ ले आगलागी नियन्त्रणका लागि विशेष पहल थालेको छ । बडाले आगलागी नियन्त्रण सम्बन्धी सचेतना मुलक प्रचार सामाग्रीहरु घरघरका भित्तामा टाँसेर सचेतना फैलाएको छ ।
चैत्र, बैशाख र जेष्ठ महिनामा हावाहुरीका कारण आगलागी हुने भएकाले सबैलाई सचेत गराउन सूचना टाँस गरिएको हो । सूचनामा सलाई, ग्यास लाइटर, आगो बच्चाले भेट्ने ठाउँमा नराख्ने, चुरोट विँडिको ठुटो राम्रो सँग निभाएर फाल्न, खाना पकाए पछि अगेनाको आगो राम्ररी निभाउन भनिएको छ ।
कोरोना भाइरसबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरिरहेको वेलामा पनि उक्त बडाले आफ्नो कामलाई निरन्तरता दिदै आइरहेको छ ।