कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार बढिको मृत्यु

शनिबार, २९ चैत्र २०७६

काठमाडौं – अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ६० जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय ४७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ पुगेको छ ।

संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् ।