फेकनको अगुवाईमा विदेशमा रहेका विद्यार्थीलाई राहत
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । सहयोग प्राप्त गर्नका लागि समस्यामा परेका विद्यार्थीहरु एउटा फारम भर्न पर्ने हुन्छ ।
त्यसका लागि फेकनले एउटा अनलाइन फारम तयार पारेको छ । त्यही फारमबाट तथ्यांक संकलन गर्न शुरू गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा संकट आएपछि मर्कामा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने फकनले जनाएको छ ।
कोरोना प्रभावित अष्ट्रेलिया, जापान, अमेरिका, युरोपलगायतका विभिन्न देशमा अध्ययनरत विद्यार्थीमा परेको समस्या समाधान गर्नका लागि फेकनले अग्रसरता लिएको हो ।
जस अनुसार विद्यार्थीले फेकनले उपलब्ध गराएको अनलाइन फारम भर्नुपर्नेछ । यसका लागि फेकनले सम्पूर्ण आफ्ना सदस्यहरुलाई आफ्नो सम्पर्कमा रहेका बिद्यार्थीहरुलाई उक्त फारम भर्न लगाउन अनुरोध गरेको छ ।
आफतमा परेका विद्यार्थीहरुले भरेको फर्मका आधारमा आवश्यक सहयोग उपलब्ध गराइने फेकनका अध्यक्ष युवराज कटुवालले बताए । आपतमा परेका विद्यार्थीहरुलाई सहयोग सबैको दायीत्व भएको कुटावालको भनाई छ । उनले यसका लागि हामी नेपाली कुटनीतिक नियोग, एनआरएनए तथा बिभिन्न सरोकार वाल संघ संस्थाहरुसंग मिलेर सहयोगको लागि पहल गर्ने बताए ।