अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका लागि खुशीको खवर, एक्स्पर्टले ल्यायो २ लाख डलरको राहत प्याकेज

आइतबार, ३० चैत्र २०७६

काठमाडौं – अस्ट्रेलियामा रहेको नेपाली विद्यार्थीहरुका लागि अर्को एउटा खुशीको खवर छ । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले अस्ट्रेलियामा रहेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका लागि राहतको प्याकेज घोषणा गरेको छ ।

एक्स्पर्टको भगीनी संस्था एक्स्पर्ट फाउन्डेशनले दुई लाख अस्ट्रेलियन डलर बरबरको राहत प्याकेज घोषणा गरेको छ । २०७२ सालको भुकम्प गएपछि परोपकारी काम गर्नका लागि स्थापना भएको एक्स्पर्ट पाउन्डेशनले विभिन्न कालखण्डमा परोपकारी काम गर्दै आइरहेको छ । यसको निरन्तरता स्वरुप  एक्स्पर्ट फाउण्डेशनले कोरोना भाइरस (कोभिड –१९) प्रभावित नेपाली विद्यार्थीहरुलाई राहत दिनका लागि यो प्याकेज ल्याएको हो ।

विगत ६ महिनादेखि अस्ट्रेलियामा अध्ययन गरिरहेका अति संकट ग्रस्त विद्यार्थीहरुका लागि यो राहत प्याकेज ल्याइएको एक्स्पर्टले जनाएको छ । राहत वितरण एक्स्पर्टको अस्ट्रेलियामा रहेको केन्द्रीय कार्यलयले गर्नेछ । २ लाख डलरको उक्त राहत प्याकेजमा एक्स्पर्टबाट अस्ट्रेलिया अध्ययन गर्न गएका विद्यार्थीहरुका लागि १ लाख ५० हजार डलर छुट्याइएको छ । जसबाट पाँच सय विद्यार्थीहरु लाभाम्वित हुनेछन ।

त्यस्तै, अन्य कन्सल्टेन्सीबाट अध्ययनका लागि अस्ट्रेलिया पुगेका विद्यार्थीहरुका लागि ५० हजार डलर छुट्याइएको एक्स्पर्टका निर्देशन खेम संग्रौलाले जानकारी दिए । ५० हजार डलरको प्याकेज राहत वितरण गर्ने विभिन्न संघ संस्थाहरुलाई उपलब्ध गराइने संग्रौलाको भनाई छ । राहत पाउनका लागि सामान्य खालको एउटा फारम भर्न पर्ने एक्स्पर्टले जनाएको छ ।

यसबारेको विस्तृत विवरण हेर्नुहोस्