नयाँ बर्षको दिन प्रधानमन्त्रीको विशेष घोषणा

सोमबार, १ बैशाख २०७७

काठमाडौं – नयाँ बर्ष २०७७ सालको शुभ अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष घोषणा गरेका छन । देशवासीका नाममा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले पाउँदै आएको तलव नलिने घोषण गरेको छन ।

आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गरेका हुन । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।

देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको उनको ठहर छ ।

उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।