संगै सुतेका दुई दिदीभाई मृत मेटिए

सोमबार, १ बैशाख २०७७

प्युठान – प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आज अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।