मन्त्रीज्यू ! चावहिल तीर धान रोप्न आउने की ?
काठमाडौं – आधा विश्व कोरोनाको महामारीले थलिएको छ । नेपालमा पनि चैत्र ११ गतेदेखि देशभर लकडाउन छ ।
यही समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंका सडकहरु टल्काइरहेको छ । काठमाडौंका मुख्य सडकहरु, सिंहदरवार र त्यस आसपासका सडकहरु लोभ लाग्दा बनाइएका छन् । यही कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको चारैतीर चर्चा छ ।
तर सिंहदरवारबाट झण्ड ५ किलोमिटरको दुरीमा रहेको चावहिलले भने मन्त्रीको चर्चालाई मजाक उडाई रहेको छ । बैशाखको महिनामा चावहिल चोक असारको पाँगो (धान रोप्ने हिलो) जस्तै गरि कसैलाई पर्खिरहेको छ ।
चर्चाका लागि काम गर्ने चलन धेरै पहिलादेखि भएको भएपनि अहिलेका मन्त्रीले साँच्चै काम गर्छन् भनेर सबैले प्रशंसा गरिरहेका वेलामा चावहिल चोक भने जस्ताको जस्तै छ । त्यहाँका जनताले हिलो र धुलो खाएको बर्षौ भइसकेको छ । काठमाडौंका अरु सडकहरुमा पिचमाथि पिच थपेर टल्काइरहदा चावहिल चोकले लामो समयदेखि पिच हुनसमेत पाएको छैन ।
काठमाडौंका मुख्ख सडकहरु टल्काएर चर्चा कमाएका मन्त्री नेम्वाङलाई पुरै देशको बारेमा त कति जानकारी छ उनलाई नै थाहा होला तर उनलाई चावहिल चोक पनि काठमाडौंमा पर्छ भन्ने कुरा थाहा रहेनछ । चावहिल पनि काठमाडौंमा पर्छ भन्ने कुरा थाहा भएको भए आजसम्म चावहिल चोकले पनि मुहार फेरिसक्थ्यो होला ।
हेर्नुहोस् १३ तस्वीरमा चावहिल चोक र आसपासका सडक ।











