नेपालको सबै भन्दा ठुलो अस्ट्रेलियन शैक्षिक मेला आइतबार, लाखौँ छात्रवृत्तिको घोषणा हुने
काठमाडौ – उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
जनवरी १३ का दिन होटल ¥याडिसनमा विहान ९ बजेदेखि सुरुहुने शैक्षिक मेलामा ३० ओटा विश्वविद्यालयहरुको सहभागिता रहने छ । मेलाको उद्घाटन अस्ट्रेलियाका राजदूत सम्माननिय पिटर बडबाट हुने आडिपिले जनाएको छ ।
अष्ट्रेलियन शिक्षालाई प्रवर्धन गर्दै आएको आईडीपीले विद्यार्थीहरुले आवेदन दस्तुर अधित्याग (Application Fee Waiver), विभिन्न किसिमका छात्रवृत्ति र अन्य फर्स्ट ह्याण्ड ईन्फरमेसन दिनका लागि मेलाको आयोजना गर्न लागिएको हो । मेलाको माध्यमबाट आईडीपीले विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गरिने आइडिपिका मार्केटिङ म्यानेजर सुमित प्रधानाङ्गले बताए ।
साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्न छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागत लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने प्रयोजनका लागि उक्त मेलाको आयोजना गरिएको पाधानाङ्गको भनाई छ ।
उक्त मेलामा आईडीपी नेपालले १० जना योग्य र महत्वाकाँक्षी विद्यार्थीहरुलाई कुल अस्ट्रेलियन डलर ५०,००० (पचास हजार मात्र), एक जना विद्यार्थीलाई अस्ट्रेलियन डलर ५,००० हुन आउनेसम्मको आन्तरिक छात्रबृती सम्बन्धि जानकारी, तरिकार अन्य काउन्सेलिङ्गको जानकारी गराउनेछ ।
अस्ट्रेलियन एजुकसेनको उत्कृष्टता, शाखा र मर्यादा विश्वभरी फैलिएको छ र पढाई सकिए पश्चात काम गर्ने मौका समेत पाउने भएकाले अस्ट्रेलियामा अध्ययन गर्दा विध्यार्थिहरुलाई अझै राम्रो हुनेछ । यस शैक्षिक मेलामा सहभागी हुने ३० वटा अस्ट्रेलियन शैक्षिक संस्थाहरु मध्ये तीन संस्थाहरु टाईम्स हायर एजुकेसन ¥याङ्ककिङ्ग (Times Higher Education Rankings) अनुसार विश्वका टप १५० शैक्षिक संस्थाहरु मध्ये पर्छन भने १८ वटा विश्वका टप ५०० भित्रपर्ने आई. डी. पी.एजुकेसन स्टुडेण्ट सर्विसेस नेपाल प्रा.लि. का निर्देशक भुपेन्द्र सिटौलाले जानकारी दिए ।
अन्तराष्ट्रिय परामर्श सेवा प्रदान गर्दै आइरहेको आई. डी. पी. ले यस जनवरी १३ मा आयोजना हुन गईरहेको अस्ट्रेलियन एजुकेशन मेला २०१९ मा इच्छुक नेपाली विद्यार्थीहरुलाई देहायका ३० वटा अस्ट्रेलियन शैक्षिक संस्थाहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका प्रदान गर्ने भएकोछ ।
| S.N. | Institution | S.N. | Institution |
| 1 | CQ University | 16 | Monash University |
| 2 | Curtin University | 17 | Murdoch University |
| 3 | Deakin University | 18 | Navitas Australia |
| 4 | Deakin College | 19 | Southern Cross University |
| 5 | Edith Cowan University | 20 | Study Group-Australia |
| 6 | Edith Cowan College | 21 | Swinburne University of Technology |
| 7 | Excelsia College | 22 | The University of Adelaide |
| 8 | Federation University | 23 | The University of Sydney |
| 9 | Flinders University | 24 | University of Canberra |
| 10 | Griffith University | 25 | University of Southern Queensland |
| 11 | International College of Management Sydney | 26 | University of Tasmania |
| 12 | James Cook University | 27 | University of Technology, Sydney |
| 13 | La Trobe University | 28 | University of Wollongong |
| 14 | Macquarie University | 29 | Victoria University |
| 15 | Melbourne Institute of Technology | 30 | Western Sydney University |
आई डीपीको बारेमा
आईडीपी एजुकेसन अन्तरराष्ट्रिय परामर्श सेवा प्रदान गर्ने क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक विश्व व्यापी परामर्श सेवा संस्था हो । र आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “IELTS” मा समेत स्वामित्व रहेको छ । ११० भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थी शैक्षिक सेवा केन्द्रहरुको नेटवर्कको साथ आई. डी. पी.३२ भन्दाबढी देशहरुमा फैलिएको छ । आईडीपीए.एस.एक्स (अष्ट्रेलियन सेक्युरीटी एक्स चेन्ज) मा सूची बद्ध कम्पनी पनि हो । जसमा ५० प्रतिशत अष्ट्रेलियन विश्वविद्यालयहरुको स्वामित्वरहेको छ । विगत ५० वर्षदेखि आईडीपीले अन्तराष्ट्रिय शिक्षामा विद्यार्थीहरुका पहुँचको लागि परामर्श सेवा प्रदानगरी महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ । आईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया, यू.के., यू.एस.ए, क्यानडा, न्यूजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ।
आईईएलटीएस(IELTS)
आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” मा स्वामित्व रहेको छ । सन १९८९ देखि सुरु भएको उक्त अंग्रेजी भाषा परिक्षण विश्वकै सबै भन्दा लोकप्रिय भाषा परिक्षण गर्ने परिक्षा हो ।
यस भाषा परिक्षण परिक्षालाई विश्व भरी १०,००० भन्दा बढी संस्थाहरुले अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा स्वीकार गरेको छ । विगत बर्षमा विश्व भरी करिब ३ लाख परिक्षाहरु लिईएको थियो ।