कास्की क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत ल्याए ।