सिरहा क्षेत्र नम्बर ३मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— सिरहा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकट प्रतिस्पर्धी साहलाई १ हजार १ सय ८२ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुँदा साहले २६ हजार ८ सय ८२ मत पाए ।