कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

काठमाण्डौ– कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी निर्वाचित भएका छन् ।

उनले २१ हजार ८७१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन् ।