रेखा थापालाई पराजित गदैं मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन्। उनले नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी रेखा थापालाई पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याए। तेस्रो नम्बरमा रहेकी रेखाले १० हजार ७१० मत ल्याइन्।