एक्स्पर्टका बिरुद्ध तत्काल एक्सन लिन्छौँ : ट्राफिक प्रहरी

बुधबार, २२ फाल्गुन २०७५

चितवन : शैक्षिक परामर्शका नाममा झुटो आश्वासन दिएर अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली पार्ने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्ले चितवनका विभिन्न कलेजहरुमा ट्राफिक सचेतनाको नाममा कलेज हाता भित्रै आफ्नो ब्यबसायीक प्रमोशनको बोर्डहरु राखेर विद्यिार्थी ठगी गर्दै आएको समाचार मोटिभेट न्यूजले प्रकाशन गरेपछि त्यस विरुद्ध जिल्ला ट्राफिक कार्यालय चितवनले तत्काल एक्सन लिने भएको छ ।

तत्कालीन जिल्ला ट्राफिक कार्यलय प्रमुख सन्तोष पन्तको पालामा ट्राफिक टिचर अभियान अन्तरगत सम्बन्धीत कलेजलाईनै ट्राफिक सचेतनाको बोर्ड बनाउन अनुरोध गरिएको तर कलेजले नबनाएपछि एक्स्पर्टले हामी सैजन्य गरिदिन्छौँ भन्दै कलेज कलेजमा बोर्ड राखेको थियो ।

एक्स्पर्टको कालो धन्दा प्रकाशित भएपछि तत्कालीन जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्तले कुनै प्रलोभनमा परेर बोर्ड राख्न दिएको नभई विशुद्ध विद्यार्थी हितका लागि गर्न दिएको र त्यसैको फाइदा उठाउँदै एक्स्पर्टले दुरुपयोग गरेको स्विकारे । अष्ट्रेलियाको एआइविटी कलेजमा ठुलो संख्यामा एक्स्पर्टबाट गएका विद्यार्थी विचल्ली परेपछि चितवनका सबै शैक्षिक संस्थामा राखिएका बोर्डहरु जिल्ला ट्राफिलक कार्यलय चितवनले तत्काल हटाउने भएको छ ।

मेटिभेट न्यूजसंग कुराकानी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख सइ मनेन्द्र थापाले विद्यार्थी ठगी गर्ने उद्येश्यका साथ भ्रमपूर्ण विज्ञापन गर्ने एक्स्पर्टको बोर्डहरु आजैबाट पूर्ण रुपमा हटाइने जानकारी दिए ।

यो पनि पढ्नुहोस :

एक्स्पर्टको अर्को धन्दा : ट्राफिकलाई नै प्रलोभनमा पारेर विद्यार्थी ठगी

पारस खड्कालाई देखाएर यसरी मच्चाउथ्यो एक्स्पर्टले ठगी धन्दा

एआइबिटी प्रकरणमा फेरी बोल्यो एक्स्पर्ट, डरायो की सच्चियो ?

एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट

एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)