भदौ २२ गते चन्द्रग्रहण लाग्दै, कुन राशीलाई शु:भ – कुनलाई अ:शुभ ?
काठमाडौँ – यही भदौ २२ गते चन्द्रग्रहण लाग्दैछ । उक्त ग्रहणमा ८ ग्रहणपछि ८ राशिलाई अशुल र ४ राशीलाई शुभ हुने ज्योतिषीले बताएका छन् । चर्चित जोतिषीका अनुसार मेष राशिलाई लाभ, वृष राशिलाई सुख, कन्या राशिलाई सुख र लाभ र धनु राशिलाई धनको प्राप्ति हुने तथा मिथुन राशिलाई माननाश, कर्कट राशिलाई कष्ट, सिंह राशिलाई जीवनसाथीलाई कष्ट, तुला राशिलाई चिन्ता, वृश्चिक राशिलाई दुख र शारीरिक पीडा, मकर राशिलाई हानी, कुम्भ राशिलाई घात र मीन राशिको खर्च बढ्ने छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने छ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ भने राति ०१ः४१ बजे ग्रहण सकिने उल्लेख छ । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।
यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।