रवि छुट्ने बजार हल्लापछि प्रचण्डको छटपटी सुरु
काठमाडौँ – रवि लामिछाने छुट्ने बजार हल्लापछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छटपटी सुरु भएको छ । रविलाई छुटाउन रुपन्देहीबाट जिल्ला कारागारबाट नख्खु कारागारमा ल्याएको भन्दै राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेपछि प्रचण्डको सचिवालयमा छटपटी सुरु भएको हो ।
रवि छुटेर आउँदा २०८४ मा सबैभन्दा बढी असुरक्षित माओवादी हुने विश्लेषण गर्दै प्रचण्डको सचिवालयमा छटपटी सुरु भएको हो । नेकपा एमाले र नेपाली कांग्रेसको सिट जति नै घटे पनि समानुपातिक र प्रत्यक्ष गरी पहिलो र दोस्रो स्थानमा निश्चित छ । संसदको चौथो दल रास्वपा २०८४ मा थोरै सिट आएपनि तेश्रो हुने पक्का देखेपछि माओवादीले रणनीति बनाउन थालेको छ ।
आउने चुनावमा माओवादीले चुनावी तालमेल गर्न पाउने छैन् । कांग्रेस र एमाले बरु आपसमै मिल्न सक्छन् तर प्रचण्डलाई काँध थाप्न कोही हुने छैनन् । प्रचण्डकी छोरीका लागि पनि अब कांग्रेस र एमालेले आफ्नो सिट दाउमा राख्ने छैनन् ।
आउँदो चुनावमा कांग्रेस र एमालेले माओवादीसँग किन पनि गठबन्धन गर्ने छैनन् भने अब उनीहरु जित्नका लागि भन्दा पनि आफ्नो मत र संगठन सुरक्षित गर्न मात्रै भए पनि सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउनेछन् । विगतमा प्रचण्डले जसमाथि चढ्यो उसैको काँध विष्ट्याउने खालका चर्तिकला देखाए ।
त्यसैले प्रचण्ड प्रवृत्तिको अन्त्य नै आउँदो चुनावको एउटा महत्त्वपूर्ण एजेन्डा बन्नेवाला छ । यही बुझेर हुन सक्छ उनी रविलाई जेलभित्रै थुनिरहने र बाहिर रविका पक्षमा बोलेर उनको लोकप्रियतालाई भजाउँदै समर्थकको सहानुभूति आफू बटुल्ने दाउमा छन् । त्यही कारण प्रचण्डकै योजना र निर्देशनमा रवि थुनिएका हुन् भन्नेमा कुनै दुविधा छैन ।
अहिले पनि प्रचण्ड र रमेश लेखकको अघोषित साँटगाँठ छ भन्ने कुरा अरुले नबुझे पनि कांग्रेसभित्रका पूर्णबहादुर खड्कादेखि बालकृष्ण खाणसम्मका गृह प्रशासन बुझेका नेताहरुले राम्रोसँग बुझेका छन् । रविलाई थुनेर रमेश लेखकले प्रचण्ड र आरजु राणा देउवालाई एकसाथ रिझाउने मौका पाइरहेका छन् ।
तर अब रविले आफूमाथि लादिएको बिगो बराबरको रकम नै अदालतमा बुझाइसकेपछि उनलाई थुनामै राख्नुपर्छ भन्नेहरुमध्ये धेरैको मुखमा बुझो लागेको छ । र यसले अब न्यायिक प्रक्रियामा एउटा कोर्स लिइसकेको छ । जिल्ला अदालत र उच्च अदालतले रविलाई छाड्ने आँट नगरे पनि सर्वोच्चबाट उनी अवश्य छुट्ने छन् ।
रविलाई जेलमा थुनेर उनको स्पेस कब्जा गर्ने दाउमा रहेका प्रचण्डलाई अहिले यही कारण टेन्सन भएको छ ।