नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच छुट सम्बन्धी सम्झौता

बुधबार, १८ भाद्र २०८२

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडिकल एसोसिएसनसँग व्यावसायिक सम्झौता गर्दै संघका सदस्यलाई विभिन्न बैंकिङ सेवामा विशेष छुट दिने भएको छ।

सम्झौतामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, संघका सम्पूर्ण सदस्यले बैंकका २७५ शाखामार्फत विस्तारित बैंकिङ सुविधा प्राप्त गर्नेछन्।

बैंकका अनुसार, सदस्यहरूले प्रोफेशनल बचत खाता खोलेसँगै १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। साथै, व्यावसायिक कर्जा, साना तथा मझौला उद्योग कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, घर र सवारी कर्जा लगायतका सुविधामा विशेष छुटको व्यवस्था गरिएको छ।

यसबाहेक, सदस्यहरूले बैंकका डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवामा समेत छुट प्राप्त गर्नेछन्। प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार, यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरू प्रत्यक्ष लाभान्वित हुने र उनीहरूको वित्तीय आवश्यकतालाई अझ सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।