प्रभु बैंक अन्तर्राष्ट्रिय Nepal’s Best Digital Bank for SMES” उपाधिले सम्मानित

बुधबार, १८ भाद्र २०८२

अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत प्रभु बैंक लिमिटेड “Nepal’s Best Digital Bank for SMEs” उपाधिले सम्मानित भएको छ।  यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था Euromoney Limited द्वारा सिङ्गापुरमा आयोजना गरिएको भव्य समारोहका बीच प्रदान गरिएको हो।

बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका थिए। यसअघि पनि प्रभु बैंक Bank of the Year 2023 बाट सम्मानित भइसकेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणलाई प्रमाणित गरेको छ।

Euromoney Award अन्तर्गत प्राप्त यस उपाधिले प्रभु बैंकले साना तथा मझौला उद्यम (SMEs) लक्षित डिजिटल बैंकिङ सेवामा खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

मोबाइल र इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल सुविधा, बीमा तथा वित्तीय परामर्शजस्ता सेवामार्फत प्रभु बैंकले (SME) क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।