एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट सुविधा

बुधबार, १८ भाद्र २०८२

काठमाडौँ – एनआईसी एसिया बैंकले ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट सुविधा दिने भएको छ । विशेष छुट सुविधा उपलब्ध गराउने गरी होटल र बैंकबीच सम्झौता भएको छ ।
बैक र होटलवीच भएको समझारी अनुसार ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सुविधाको उपयोग गर्ने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।

होटलसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।