यू–१९ गल्र्स बास्केटबल लिग आयोजना गर्दै सेनेका एजुकेशन कन्सल्टेन्सी
काठमाडौं – सेनेका एजुकेशन कन्सल्टेन्सीले यू–१९ गल्र्स बास्केटबल लिग आयोजना गर्ने भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्न र महिलाको सहभागिता बढाउने उद्देश्यले सेनेकाले पहिलो पटक लिग आयोजना गर्न लागेको हो ।
‘न्चयधतज ऋयकत न्बmभ बलम न्बmभ ऋयकत त्भबm’ शीर्षकमा हुने यो प्रतियोगिता सन् २००६ मा जन्मिएका खेलाडीहरूका लागि मात्र खुला रहनेछ । भदौ १६ (सेप्टेम्बर १) देखि नाम दर्ता सुरु गरेको सेनेकाले “पहिलो आए, पहिले पाउने” आधारमा हुने सेनेकाले जनाएको छ ।
करिब ३ लाख रुपैयाँ बजेटमा सञ्चालन हुने यस लिगमा कुल ४१ खेल हुनेछन् । प्रत्येक टोलीले कम्तीमा १० खेल खेल्ने अवसर पाउनेछन् । लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । विजेता टोलीले नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । सेनेका एजुकेशन कन्सल्टेन्सीले यो लिगमार्फत बास्केटबललाई दीर्घकालीन सहयोग गर्ने लक्ष्य राखेको छ ।
खेलकुदको स्तर र अस्तित्वलाई उचाल्ने, टोलीगत सीप, अनुशासन र उत्साहलाई प्रखर बनाउने, युवती खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने, टोलीहरूको विकासलाई निरन्तर अनुगमन र सहयोग गर्ने, युवामाझ बास्केटबलप्रति रुचि र मूल्याङ्कन बढाउने जस्ता लक्ष्य राखेको छ ।
आयोजकहरूले प्रायोजनका लागि विभिन्न निकायलाई आह्वान गरेका छन् । प्रायोजकहरूलाई सामाजिक सञ्जाल प्रचार, ब्रान्ड भिजिबिलिटी, प्रत्यक्ष सार्वजनिक सम्पर्क र मिडिया कवरेजमार्फत लाभ दिलाइनेछ । खेल अवधिभर अनुशासन, खेलभावना र सुरक्षालाई विशेष प्राथमिकता दिइने बताइएको छ । साथै, खेलाडीहरूको सुरक्षाका लागि बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
खेल भदौ २० गतेदेखि हुनेछन् । प्रतिस्पर्धामा सैपाल क्लब, गोल्डेन गेट क्लब, भ्याली पब्लिक बलर्स एकेडेमी, चेल्सी इन्टरनेशनल कलेज र निम्स क्लबलगायतका टोलीहरूको सहभागी हुनेछ ।