एक व्यक्तिको आँखाबाट दाँत उम्रियो
काठमाडौं—एक व्यक्तिको आँखाबाट दाँत उम्रिएको छ । बिहारको सिवान जिल्लाका ४२ वर्षीय रमेश कुमारको दाहिने आँखामा दाँत उम्रिएपछि शल्यक्रिया गरिएको छ ।
पटनास्थित इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पतालमा उनको दुर्लभ सल्यक्रिया गरिएको चिकित्सकले बताएका छन् । रमेशले माथिल्लो दाँतबाट रगत बग्ने समस्याबाट पीडित भएपछि स्थानीय डाक्टरसँग परामर्श गरी सामान्य उपचार गरेका थिए। उनको मुख भित्रको बङ्गारा चिरेर शल्यक्रिया गरिएको थियो।
रमेश कुमार (नाम परिवर्तन) बिहारको सिवान जिल्लाका बासिन्दा हुन्। ४२ वर्षीय रमेश गत वर्ष अक्टोबरमा आफ्नो माथिल्लो दाँतबाट रगत बग्ने समस्याबाट पीडित थिए। रमेशले स्थानीय डाक्टरसँग परामर्श गरी सामान्य उपचार गरेका थिए। त्यसपछि उनी पूर्ण रूपमा स्वस्थ भएका थिए।
तर, मार्च २०२५ मा,रमेशलाई आफ्नो दाहिने आँखा र दाँतको बीचमा गालामा गाँठो रहेको महशुस भयो। रमेशले फेरि स्थानीय डाक्टरसँग जाँच गराए। यस पटक भने डाक्टरले रमेशलाई पटना जान सल्लाह दिए।
रमेशले बीबीसी हिन्दीलाई भने, गाँठोको कारणले गर्दा मेरो दृष्टि धमिलो भयो र मेरो टाउकोको दाहिने भाग दुख्यो। यसले गर्दा चक्कर लाग्ने र आलस्य हुने गर्थ्यो,त्यसैले मलाई सधैं सुत्न मन लाग्थ्यो।
अस्वस्थ हुँदै गएपछि उनले IGIMS मा दन्त चिकित्सकसँग परामर्श गरे। डाक्टरले CBCT स्क्यान गराए। त्यसपछि थाहा भयो उनको आँखामा दाँत आएको रहेछ। उनको मुख भित्र वा बङ्गारामा चीरा बनाएर शल्यक्रिया गरिएको थियो। जसमा १० देखि १२ टाँका लगाइएको थियो।
CBCT को अर्थ कोन बीम कम्प्युटेड टोमोग्राफी हो। सरल शब्दमा भन्नुपर्दा,यो एक प्रकारको एक्सरे हो। यसले म्याक्सिलोफेसियल क्षेत्रको एक्सरे लिएर थ्रीडी छविहरू बनाउँछ। रमेशको दन्त विभागको म्याक्सिलोफेसियल,ओएमआर (ओरल मेडिसिन र रेडियोलोजी) र एनेस्थेसिया खण्डहरूले संयुक्त रूपमा उपचार गरेका थिए। ओएमआरको काम एक्सरेजस्ता प्रविधि प्रयोग गरेर सामान्य परीक्षणमा नदेखिने दाँत, मुख, बङ्गारा र अनुहारका समस्याहरू पत्ता लगाउनु हो।