सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए कडा प्रतिवाद गर्ने रास्वपाको चेतावनी
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए सरकारबिरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
रास्वपाकी केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए कडाप्रतिवाद गर्ने चेतावनी दिएकी हुन् ।
सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको बताउंदै सामाजिक संजाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार—अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचनाआदान—प्रदानको प्रमुख माध्यम भएकाले यसलाई एकैपटक बन्द गर्ने निर्णय गरेर सरकारले जनताको हक अधिकारमाथि निर्मम प्रहार गरेको उनको आरोप छ ।